+
Search

ताजा अपडेट +

पपुलर +

नेशनल लाइफ इन्स्योरेन्सको कूल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि

4KNationalDaily
२०८१ भाद्र ७, शुक्रबार १९:४४ बजे

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्सले कूल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न ३६औं वार्षिक साधारणसभामा अध्यक्ष प्रेमा सिंहले  जानकारी गराएकी हुन् । उनका अनुसार २०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेका छन् ।

कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि हुँदा १,६८०.९० करोड पुगेको छ । यस्तै समिक्षा वर्षको संचालनवाट जम्मा ९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ भने कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा ६,५४०.४० करोड पुगेको छ ।

यस्तै कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई ४,९७८.२० करोड पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले ९७,३३,१५० बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको पनि जनाएको छ ।

वार्षिक साधारणसभाले ०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५,०१,१६,६६,४२५ मा १० प्रतिशतका दरले नगद लाभांश ५०,११,६६,६४२ र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २०,०४,६६,६५७ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ३,६९,२८,०६८/३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अरब पुर्याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५,०१,१६,६६,४२५ मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५,२१,२१,३३,०८२ पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily