+
Search

ताजा अपडेट +

पपुलर +

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा घिमिरे, सम्पत्तिमा दाहाल

4KNationalDaily
२०८१ भाद्र ८, शनिबार ०९:०३ बजे

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतका दुई महत्त्वपूर्ण विभागको महानिर्देशकका रूपमा दुई वरिष्ठ सहसचिवहरूलाई खटाइएको छ ।

अघिल्लो क्याबिनेट बैठकले ५९ जना सहसचिव चलाउँदा माओवादी निकटका सहसचिव चक्रबहादुर बूढा र कमल भट्टराईलाई ती निकायबाट निकालिएपछि रिक्त रहेको विभागमा राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सुमन दाहाललाई पठाउने निर्णय गरेको हो ।

५९ सहसचिवको सरुवा हुँदा उद्योगबाट चण्डीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र सामान्य प्रशासनबाट सुमन दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो ।

दाहाल यस अघि भन्सार विभागको महानिर्देशक चलाइसकेका अनुभवी प्रशासक हुन ।

यसका अलावा अर्थ मन्त्रालयको पनि प्रवक्ता चलाइसकेका उनी कोशी प्रदेश सरकारका अर्थ सचिव,राष्ट्रिय योजना आयोग,सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा समेत चलाइसकेका छन् ।

अर्थ मन्त्रालयमा रहँदा मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी काबिल प्रशासकका रूपमा चिनिन्छन् ।

यस्तै राजश्वमा पुगेका घिमिरे राजश्वकै क्याडर हुन् । एमाले निकट उनको १० महिना कार्यकाल बाँकी छ ।

राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हकमा कुनमा कसले नेतृत्व गर्ने भन्नेमा केही दिन शक्तिकेन्द्र धाउँदै गर्दा केही दिन समय लागेको हो । अन्ततः अब भने दौडधुप बन्द भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily