+
Search

ताजा अपडेट +

पपुलर +

सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्‍यो

4KNationalDaily
२०८१ भाद्र ९, आईतवार १५:२८ बजे

काठमाडौं- सेयरबजारमा आज १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ।

४ करोड २६ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्रीमा उक्त कारोबार भएको हो।

साताको पहिलो कारोबार दिन नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा थामिएको छ। २.६८ प्रतिशतले घटेको बजारमा ६० कम्पनीको सेयर मूल्य बढे पनि १८४ कम्पनीको घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार माइक्रोफाइनान्स सूचक ५८.४० अंकले बढ्नेबाहेक अन्य सबै सूचकहरु राताम्य छन्।

आजको कारोबारमा विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरे। उनीहरुले प्रतिसेयर क्रमशः १५६.६०, २८८ र ३११.१० रुपैयाँ आम्दानी गरेका हुन्। धौलागिरि लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ८.१४ प्रतिशत (सय रुपैयाँ) र ७.२१ प्रतिशत (५९.६० रुपैयाँ) प्रतिसेयर आम्दानी गरेका छन्।

यसबाहेक मन्दाकिनी हाइड्रोपावर, केबीएल डिबेन्चरलगायतका सेयरधनीले भने धेरै गुमाएका छन्।

बजारमा आज अपि पावर कम्पनीको कुल ८४ करोडको सेयर किनबेच हुँदा हिमालय रिको ७३ करोड, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ करोड, अरुणभ्याली हाइड्रोपावरको ३७ करोड र शिवम् सिमेन्टको ३२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबार दिनभर २ लाख १८ पटक सेयर खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily