काठमाडौं– ग्लोबल आइएमई बैंकका ग्राहकले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा २५ प्रतिशत छुट पाउने भएका छन्।
बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताले ल्याबमा २५ प्रतिशत छुट पाउने भएका हुन्।
यस सम्बन्धमा बैंकले ल्याबसँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले आइतबार हस्ताक्षर गरे।
के–ल्याबले काठमाडौंको नक्साल र बौद्धमा ल्याबसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया