काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।
मंगलबार तोलको १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेको थियो।
हिजो भन्दा आज थप एक सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो।
प्रतिक्रिया