+
Search

ताजा अपडेट +

पपुलर +

महोत्तरीमा वडाध्यक्ष दुर्घटना प्रकरण: शंकास्पद रहस्य बाहिरिए

4KNationalDaily
२०८१ भाद्र १३, बिहीबार १५:३५ बजे

महोत्तरी– बर्दिबास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडाध्यक्षको विषयमा शंकास्पद रहस्यहरू बाहिरिएका छन् ।

आइतबार बिहान उक्त ठाउँमा  मृत भेटिएका रामगोपालपुर-२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको कारण उनी सवार मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

परिवारबाट नियोजित हत्या नै भएको दाबी गरिरहेको वेला घटनास्थलमा फेला परेका प्रमाण र दुर्घटनाको पकृतिले आशंका गर्ने प्रशस्त आधारहरू भएको स्थानीयहरूले बत्ताएका छन् ।

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडिको भागमा क्षति पुग्नु, मृतकको तिघ्रा र छातीमा नीलडाम देखिनु, जुत्ता फुक्लिएको देखिएपनि खुट्टामा कुनै चोटपटक नदेखिनु जस्ता विभिन्न आधारहरूले  घटना रहस्यमय भएको अध्यक्षका आफन्त पर्ने सन्तोष यादवको भनाई छ ।

सोमबार भएको पोस्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार बनाएको छ ।

छातीमा केही नीलडाम जस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोस्टमार्टमको रिपोर्टमा समेत उल्लेख गर्नुले आशंका गर्ने कयौँ ठाउँहरू देखिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले बताए ।

मृतक यादव  माओवादी केन्द्र निकट थिए । उनले यसअघिको निर्वाचनमा पनि माओवादीबाट निर्वाचित भएका थिए ।

घटनाको छानबिन गर्न माओवादी केन्द्रको माग

माओवादी केन्द्रले उनकाे मृत्यु रहस्यमय भएको भन्दै प्रशासन कार्यालयलाई अनुसन्धान गर्न दबाब बढाएको छ । आज एक पत्रकार सम्मेलनका बिच माओवादी केन्द्र महोत्तरीले नियोजित हत्या गरिएको दाबी सहित विभिन्न आधारहरू सार्वजनिक गरेको छ ।

पार्टीका महोत्तरी इन्चार्ज तथा पोलिटब्युरो सदस्य राजु खडकाका अनुसार मृतक यादवको मृत्यु लेनदेन र राजनीति प्रतिस्पर्धासँग समेत जोडिएको छ । मृतक यादवको निधनले रहस्यमय गम्भीर शंकाहरु उब्जाएको बत्ताउँदै सूक्ष्म अध्यण गर्दा हत्या भएको नै प्रतीत हुने इन्चार्ज खडकाले बताए ।

श्रीमतीलाई आज घर ढिलो आउँछु भनेर फोन गरेका मुकेश सदैका लागि फर्किएनन्

आइतबार राति आज घर ढिलो आउँछु भनेर दिएको सूचना श्रीमती आईती यादव अहिले पनि झलझलती सम्झिरहन्छिन् ।

राति अबेरसम्म पनि श्रीमान् नफर्किएपछि आइतीले दर्जनौँ पटक फोन गरिन तर फोन उठेन । ‘रातको ११ बजे हुनुपर्छ सञ्जीव झा की श्रीमतीले फोन गरिन र मुकेश आफ्ना श्रीमानसँग भएको बत्ताइन ।’ यादवले भनिन । ‘त्यसपछि मैले मैले मुकेश जीलाई फोन गरिरहे तर फोन काटियो ।’

सञ्जीव झाले सम्सिमा संगम होटल सञ्चालन गर्दा मृतक मुकेशको परिचय भएको थियो । झाले उक्त होटलमा महिलाहरू बटुलेर देहव्यापार गरेको आरोपमा प्रहरीले ६ महिना अगाडी पक्राउ गरेको थियो भने होटेल सञ्चालनमा समेत प्रतिबन्ध लगाएको थियो ।

उनी जेलमा परेपछि पनि मुकेश पटक-पटक भेट्न गएको र झालाई भर्खरै १६ लाख धरौटी तिरेर रिहा गराएका थिए । यो हत्या पनि यही पैसासँग जोडिएको हुन् सक्ने मृतकका दाजु सतेन्द्र यादवले बताए । १६ लाख मुकेशले खोजेर धरौटी बुझाएको रकम झासँग ताकेता गरेपछि उनीहरूको दुरी केही समयदेखि टाढिएको परिवारले बत्ताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily