+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकले क्यूआर कारोबारकै धितोमा कर्जा दिने, उद्यमशीलता प्रवर्धनको लक्ष्य

4KNationalDaily
२०८१ भाद्र १८, मंगलवार १९:०१ बजे

काठमाडौं– कुमारी बैंकले उद्यमशीलता प्रवर्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने भएको छ। बैंकले हाल ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले क्यूआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहेको बैंकले जनाएको छ।

योजनाअन्तर्गत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना व्यावसायको खाता खोलेर क्यूआरमार्फत यो सेवा लिन सक्नेछन्।

त्यसका लागि प्रति हप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार बैंक खातामा हुनुपर्नेछ।

त्यसो भएमा उद्यमीहरुले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन्।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै जानकारी लिन सकिने छ। यो सेवाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने र उनीहरुको उद्यमशीलता प्रवर्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily