+
Search

ताजा अपडेट +

पपुलर +

भन्सारका प्रमुख ११ जनासहित अर्थका १९ उपसचिवको सरुवा

4KNationalDaily
२०८१ भाद्र १९, बुधबार २०:२८ बजे

काठमाडौं– अ अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको छ ।

सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो ।

अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो । अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले तीन वटा ठुला भन्सार कार्यालयमध्ये वीरगन्जमा रामप्रसाद पाठकलाई पठाएको छ भने रसुवा भन्सार विभागमा रामप्रसाद आचार्यलाई पठाएको छ । यसभन्दा पहिला सरकारले ५८ जना उपसचिवको सरुवा गरेको थियो ।

तुलसीप्रसाद भट्टराई रसुवा भन्सार, राजेन्द्र प्रसाद चुँडाल मेची भन्सार काँकडभिट्टा, मानबहादुर पौडेल जनकपुर भन्सार, रामप्रसाद पाठक वीरगन्ज भन्सार, जनार्दन पौडेल नेपालगन्ज भन्सार, रामप्रसाद बस्नेत भैरहवा भन्सार, फणीन्द्र खतिवडा कृष्ण नगर भन्सार, अमित पौडेल लुम्बिनी प्रदेश, लालबहादुर खत्री आन्तरिक राजस्व दर्माली, उषा पोखरेल चोभार सुख्खा भन्सार कार्यालयमा सरुवा भएकाे छ ।

सुजितकुमार सिंह आन्तरिक राजस्व कार्यालय कृष्ण नगर, आनन्द कुमार गुप्ता आन्तरिक राजस्व कार्यालय जनकपुर, दिलीप केसी आन्तरिक राजस्व जोरपाटी, चूडामणि सापकोटा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर, ध्रुवराज विश्वकर्मा गौतम बुद्ध विमान स्थल भन्सार भैरहवामा  सरूवा भएकाे छ ।

नारद गौतम भन्सार कार्यालय त्रिपुरेश्वर, क्त प्रसाद सुवेदी आन्तरिक राजस्व हेटौडा र आनन्द प्रसाद तिम्सिना भन्सार कार्यालय धनगढी कैलाली सरुवा भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily