+
Search

ताजा अपडेट +

पपुलर +

रेमिट्यान्स प्राप्तीको महिला लाभग्राही खातामा कुमारी बैंकको तीज अफर

4KNationalDaily
२०८१ भाद्र १९, बुधबार १९:१७ बजे

काठमाडौं– कुमारी बैंक लिमिटेडले नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

निरन्तर रूपमा सरल, सहज तथा नवीनतम सेवा सुविधा दिँदै आएकोमा विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीका खाताबाट डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरूप भदौ २०-२६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रूपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यो योजनाले सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

२३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रवर्द्धन गर्दै बैंकिङ सेवा दिँदै आएको बैंकका देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईहरुमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily