+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकले घोषणा गर्यो १५.५३ प्रतिशत लाभांश, नगद र बोनस कति ?

4KNationalDaily
२०८१ भाद्र २१, शुक्रबार १९:१५ बजे

काठमाडौं– वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एभरेष्ट बैंकले यो वर्ष लाभांश घोषणा गरेको छ ।

सो बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये करसहित ५.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

सो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७२० रुपैयाँ छ ।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एभरेष्ट पहिलो बैंक बनेको छ ।

यस्तो छ लाभांश इतिहास

आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत, २०७४/७५ मा २० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७३/७४ मा ३३ प्रतिशत बोनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२०७२/७३ मा ७० प्रतिशत बोनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश, ०७१/७२ मा ३० प्रतिशत बोनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश र ०७०/७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैगरी आर्थिक वर्ष ०६९/७० मा १० प्रतिशत बोनस सेयर र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश, ०६८/६९ मा ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश र आर्थिक वर्ष ०६७/६८ मा १० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily