काठमाडौं- सुन र चाँदीको मूल्य आइतबार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार उच्च विन्दुमा पुगेको सुन १ हजार २ सय रुपैयाँले र चाँदी ४५ रुपैयाँले घटेको हो।
योसँगै आज सुन १ लाख ५२ हजार १ सय र चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९७ अमेरिकी डलर र चाँदी २७.९३ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
प्रतिक्रिया