+
Search

ताजा अपडेट +

पपुलर +

सिराहा बन्यो लागु औषधको हब, तीन दिनमा पाँच क्विन्टल बढी गाँजा बरामद

4KNationalDaily
२०८१ भाद्र २३, आईतवार १७:४२ बजे

सिराहा– पछिल्लो समय सिराहा जिल्ला प्रतिबन्धित लागु औषधको अखडा नै बनेको पाइएको छ।

खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरूबाट तस्करहरूले भारतीय बजार सम्म प्रतिबन्धित लागूपदार्थ गाँजा पुर्‍याउने र भारतीय बजारबाट ब्राउन सुगर, कोरेक्स, टयावलेटहरु लगायतको लागु औषधहरू भित्राउने गरेको पाइएको हो।

जिल्लाको उत्तरी क्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलवाजार, धनगढी, तरेगना गोविन्दपुर, लहान लगायतका क्षेत्रहरूबाट तस्करहरूले ठुलो मात्रामा गाँजा खरिदगरी भरिया प्रयोग गरी भारतीय बजार पुर्‍याउने गरेको स्थानीयहरू बत्ताउँछन्।

सिराहा प्रहरीले आज मात्रै कर्जन्हा नगपालिका ११ बाट घरको अगाडी झाडीबाट दुई सय ९० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजा सहित तिन जनालाई नियन्त्रणमा लिएको थियो। तीन दिनमा प्रहरीले पाँच क्विन्टल बढी प्रतिबन्धित लागु गाँजा बरामद गरेको छ। एकै गाउँबाट यति ठुलो परिमाणमा गाँजा बरामद हुनुले पनि सिराहा जिल्ला लागु औषधको हब नै रहेको पुष्टि गर्छ।

गत २१ गते शुक्रवार गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासँगै कारोबारमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी पंज कुमार बाखुले जानकारी दिए।

प्रहरीले शुक्रवार गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्बर वडाका २० वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षका चानो देवी मुखिया र आज गाँजा सहित अनुसन्धानका लागी एक जना गरी चार जनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डिएसपी बाखुले बताए।

उनले भने, ‘ आज पक्राउ गरेको व्यक्ति अहिले अनुसन्धान भई रहेकोले नाम सार्वजनिक गर्न नमिल्ने बताए। उनले, ‘अहिले आशंकाको आधारमा पक्राउ गरिए पनि मुख्य कारोवारीहरुको पहिचान भइरहेकोले उनीहरूलाई पनि चाँडै पक्राउ गर्ने बताए।

प्रहरीले शुक्रवार पक्राउ परेकासँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिराहामा अहिले भारतीय र नेपाली समेत सक्रिय भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरीले बरामद गरेका गाउँमा तस्करहरूले करिब १० क्विन्टल भन्दा बढी प्रतिबन्धित लागु औषध गाँजा भित्र्याएको छ।

यो गाउँमा मात्र नभई लोक मार्गको उत्तरी क्षेत्रमा पर्ने गाउँहरूमा अहिले भारतीय तस्करहरूले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको स्रोतको दाबी छ। खरिद गरिएको गाँजा भरिया, स्कुल बस र एम्बुलेन्समा प्रहरीकै सेटिङमा भारत बजार सम्म पुग्ने गरेको स्रोतको भनाई छ।

सिरामा करिब १५ वर्ष उमेर देखी ३५ वर्ष उमेर समूहका हजारौँ युवाहरू लागु औषधको कुलतमा फसेको जानकारहरू बत्ताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily