+
Search

ताजा अपडेट +

पपुलर +

कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

4KNationalDaily
२०८१ भाद्र २५, मंगलवार २१:५१ बजे

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।

तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् ।

सरकारले सोमबार नै निर्णय गरेर १ वर्षका लागि कित्ताकाट खोल्ने निर्णय गरेको छ ।

जग्गाको वर्गीकरण नगर्दा स्थानीय तहमा कित्ताकाट रोकिने श्रृङ्खला ०७६ सालदेखि चलिरहेको हो । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियाे ।

देशभरका ७५३ पालिकाहरुमध्ये १९३ ले मात्र जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाहरुले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।

कित्ताकाट खुलेसगैं मंलवारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily