+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंकद्वारा नगद निक्षेप मेसिन सञ्चालनमा, अब पैसा जम्मा गर्न बैंक पुग्नु पर्ने बाध्यता हट्यो

4KNationalDaily
२०८१ भाद्र २७, बिहीबार १०:३६ बजे

काठमाडौं– नेपाल बैंक लिमिटेडको नगद निक्षेप मेसिन सञ्चालनमा आएको छ ।

बैंकले काठमाडौंमा रहेको आफ्नो मुख्य शाखा न्युरोडमा अवस्थित बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो ।

सो नगद निक्षेप मेसिनको सञ्चालन पछि ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने बैंकले बताएको छ ।

नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।

हाल बैंकका २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटीएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न सधैं कटिबद्ध रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily