काठमाडौं– सीजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ को नेपालमा लन्च गर्ने भएको छ।
यसले इलेक्ट्रिक ड्राइभिङमा आधुनिकताको नयाँ लहर ल्याउने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडिज-बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियरिङ गरिएको हो।
चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी-सेगमेन्टको लागि तयार गरिएका छन्, जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछ।
विश्वभरि १६ लाख्भन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल छ।
दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन्। अत्याधुनिक ड्राइभर-असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।
प्रतिक्रिया