+
Search

ताजा अपडेट +

पपुलर +

एकै दिन ३ हजारले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

4KNationalDaily
२०८१ भाद्र २८, शुक्रबार १२:२६ बजे

काठमाडौं– सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ।

एकै दिन ३ हजार रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। चाँदी आज १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन सुन १ लाख ५३ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily