+
Search

ताजा अपडेट +

पपुलर +

भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका

4KNationalDaily
२०८१ भाद्र ३०, आईतवार १६:०६ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ र आर्थिक वर्ष २०८०/०८१ मा परेका २६ हजार ९१८ सहित ३६ हजार १८६ भ्रष्टाचार र अनियमितताका उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका रहेका छन् । ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ (७६.५९ प्रतिशत) उजुरी स्क्रिनिङ र प्राथमिक छानविनबाट फछ्र्यौैैट भएको प्रमुख आयुक्त प्रेमकुमार राईले जानकारी दिए ।

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित् सबैभन्दा बढी उजुरी परेको छ । संघीय मामिला, स्थनीय तहसमेतको ३८.९१ प्रतिशत भ्रष्टाचार र अनियमितताको उजुरी परेको हो । प्रमुख आयुक्त राईका अनुसार शिक्षा, स्थानीय तहसँग सम्बन्धित् भ्रष्टाचार र अनियमितताका उजुरी शि१५.७९ प्रतिशत रहेका छन् ।

साथै गैरकानूनी सम्पती आर्जनसँग सम्बन्धित ६.९८ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६.४९, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ४.७१, वन तथा वातावरणको ३.८२, स्वास्थ्य तथा जनसंख्याको ३.६,भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.६१, गृह प्रशासनका ३.५२, अर्थ क्षेत्रसँग सम्बन्धित २।१२, उर्जा, जलश्रोत तथा सिंचाईसँग २.१०, खानेपानीका १.६१ प्रतिशत उजुरीहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily