+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकले पायो एकसाथ दुई अवार्ड

4KNationalDaily
२०८१ आश्विन ८, मंगलवार ०८:३९ बजे

काठमाडौं- कुमारी बैंकले एकसाथ दुई अवार्ड प्राप्त गरेको छ ।

भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा बैंकले ती दुई अवार्ड प्राप्त गरेको हो ।

बैंकले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्ड पाएको हो ।

स्थापनादेखि बैंकिङ सेवा–सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै आएको बैंकले आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल क्षमता सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

२३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रवर्द्धन गर्दै बैंकिङ सेवा दिँदै आएको बैंकका देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईहरुमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily