+
Search

ताजा अपडेट +

पपुलर +

१० वर्षदेखि प्रयोग नभएको खाता बन्द गर्दै माछापुच्छ्रे बैंक, बन्द हुन नदिन के गर्ने?

4KNationalDaily
२०८१ आश्विन ८, मंगलवार २१:१२ बजे

काठमाडौं- माछापुच्छ्रे बैंकले १० वर्षदेखि चलनचल्तीमा नआएका खाताहरु सदाका लागि बन्द गर्ने भएको छ।

बैंकले सूचना जारी गर्दै चल्तीमा नरहेका निष्क्रिय खाताहरु बन्द गर्ने जनाएको हो।

चल्तीमा नरहेका तर खाता प्रयोग गर्ने सम्भावना भएका खातावालहरुले भने बन्द हुन नदिन तत्काल चल्तीमा ल्याउनुपर्ने भएको छ।

बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा २ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनअनुसार नै निष्क्रिय रहेको खाता बन्द गर्ने काम सुरु गरेको हो।

पुरानो खातालाई पुनः प्रयोगमा ल्याउनका लागि खातावालले ३५ दिनभित्र खातालाई सक्रिय बनाउनुपर्नेछ। अन्यथा बैंकले त्यस्ता निष्क्रिय खाताहरुलाई बन्द गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily