काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।
उनले मंगलबार सबस्टेसनको निरीक्षण गरी प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी काम चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन्।
मन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि का चाँडो सम्पन्न गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
सबस्टेसनको काम अन्तिम चरणमा छ। सबस्टेशनमा चिलिमेबाट जोड्ने प्रसारण लाइनको काम भने मैलुङ क्षेत्रमा रोकिएको छ।
मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको पनि निरीक्षण गरेका छन्।
ऊर्जामन्त्री खड्काको टोलीमा रसुवाका सांसद मोहन आचार्य, ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत थिए।
प्रतिक्रिया