+
Search

ताजा अपडेट +

पपुलर +

काेशी ब्यारेजबाट बस खस्याे, सबै यात्रुको सकुशल उद्धार

4KNationalDaily
२०८१ आश्विन १०, बिहीबार १८:५३ बजे

काठमाडाैं- कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।

बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे हाे ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे ।

बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

उनका अनुसार, बसबारे थप विवरण आइसकेको छैन। ‘बसबारे थप विवरण खुलिसकेको छैन,’ उनले भने, ‘हामी त्यहाँ पुग्दैछौँ।’

सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily