+
Search

ताजा अपडेट +

पपुलर +

भारी वर्षाको खतरा देखाउँदै प्राधिकरणले भन्यो-भोलि र पर्सि रात्रिबस नचलाउनू

4KNationalDaily
२०८१ आश्विन १०, बिहीबार १९:०३ बजे

काठमाडौं– राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।

वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

साथै, धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily