+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकको अनलाइनबाटै शेयर धितो कर्जा लिन मिल्ने

4KNationalDaily
२०८१ आश्विन ११, शुक्रबार १०:३३ बजे

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुकले अनलाइनबाट शेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको शेयरहरू धितो राखी सरल प्रक्रियाबाट शेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । यो शेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ ।

यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने शेयरहरू निवेदक स्वयंको हुनुपर्ने, निवेदक बाहेक अन्य व्यक्तिको शेयरहरू धितोको रूपमा स्वीकार नगरिने बैंकले जनाएको छ ।

बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily