काठमाडौं- सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार प्रति तोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो दिनदेखि बढ्दै प्रति तोला ४१०० रुपैयाँ महँगिएको हो।
चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ। गत मंगलबार तोलामा ४० रुपैयाँ बढेर प्रति तोला १ हजार ९५५ रुपैयाँ पुगेको चाँदी त्यसयता उतारचढाव भएको छैन।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै प्रति औंस २६७०.६ डलर भएको छ। बिहीबार सुन प्रति औंस २६६०.७८ डलर थियो।
चाँदीको मूल्य शुक्रबार थोरै बढेको छ। बिहीबार प्रति औंस ३१.९ डलर रहेको चाँदी शुक्रबार प्रति औंस ३१.९४ डलर पुगेको छ।
प्रतिक्रिया