काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निओ रेमिट तथा युनाइटेड रेमिटसँग टेमिटान्स भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार दुवै रेमिटमार्फत विदेशबाट आएको पैसा अब राष्ट्रिय वाणिज्य बैंकका सबै शाखाहरूबाट भुक्तानी हुने बैंकले जानकारी दिएको छ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल तथा युनाइटेड रेमिटका सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार दूर दराजमा रहेका ग्राहकहरूले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन्। साथै उक्त रेमिटबाट सोझै खातामा रकम जम्मा पनि गर्न सकिनेछ।
पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि ट्रान्सफर र देश भरी २९९ वटा शाखा कार्यालय र एक्सटेन्सन काउन्टर रहेको र विभिन्न प्रकारको बैंकिङ सेवाहरू समेत प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैंक बिचको सम्झौतापश्चात् निओ मनि ट्रान्सफर मार्फत विश्वका विभिन्न स्थानहरूबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यालय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन्।
राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौता सँगै निओ मनि ट्रान्सफरले अब देशभर १५००० भन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ। विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभावकारी रूपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिटान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ।
यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्राउन समेत टेवा पुर्याउने जानकारी बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया