+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली पक्राउ

4KNationalDaily
२०८१ आश्विन ११, शुक्रबार १६:२४ बजे

काठमाडौं- इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका छन्।

इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरूविरुद्ध अदालतले गत जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।

उनी विदेश भागेको आशंकापछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily