+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता मंसिर २ गते

4KNationalDaily
२०८१ आश्विन १२, शनिबार १९:२७ बजे

काठमाडौं– स्थानीय तहका रिक्त पदहरुमा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम स्वीकृत भएको उल्लेख गरेका छन्। मंसिर २ गते उम्मेदवारी दर्ताको तालिका छ।

‘२०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ,’ आयोगले विज्ञप्तिमा भनेको छ।

उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजे उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।

मंसिर १६ गते ३० वडाध्यक्षसहित स्थानीय तहमा रिक्त ३९ पदका लागि उपनिर्वाचन हुँदैछ।

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, गाउँपालिका उपाध्यक्ष ३, गाउँपालिका वडाध्यक्ष ९, नगरपालिका प्रमुख १, नगरपालिका उपप्रमुख १ र नगरपालिकाका वडाध्यक्ष २१ गरी ३९ जनप्रतिनिधि चयन गर्नका लागि उपनिर्वाचन गर्न लागिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily