+
Search

ताजा अपडेट +

पपुलर +

झ्याप्ले खोलामा थप तीन शव भेटिए, गोरखाबाट आएको बसको हुनसक्ने आशंका

4KNationalDaily
२०८१ आश्विन १३, आईतवार ०९:३४ बजे

काठमाडौं– धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् ।

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ । भेटिएका शवहरू गोरखाबाट आएको बसको हुनसक्ने आशंका गरिएको छ ।

अहिले जेसीबीले पहिरो हटाइरहेको छ । बसको आधा भाग देखिएको छ । सोही स्थानमा शनिवार १४ वटा शव निकालिएको थियो ।

बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

बसमा बसका धनी तथा चालक आरुघाट ४ धावाका मदन परियार र सहचालक फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई तथा यात्रु धार्चेका सुक गुरुङ थिए । अरु भए नभएको पहिचान छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily