काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हाे ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे उपस्थिति सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो । प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट ‘नेशनल रत्न’ हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरूप मधेश प्रदेश पछि गण्डकी प्रदेशमा सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने याेजना रहेकाे बताए र
उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरू ल्याउने क्रममा ‘सिईओ क्लब’ सदस्यता योजना ल्याइएको र यसमा नेपालभर बाट २ हजारभन्दा बढी अभिकर्ताहरू छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।
प्रतिक्रिया