+
Search

ताजा अपडेट +

पपुलर +

‘नमस्ते पे’ ले ल्यायो आकर्षक क्यासब्याक अफर

4KNationalDaily
२०८१ आश्विन १३, आईतवार ११:४८ बजे

काठमाडौं– आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट का साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याकको नयाँ अफर सुरु गरेको छ ।

अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १०० रुपैयाँ क्यास ब्याक पाउनेछन् ।

नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटिटिएच र एडीसीएलको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन ।

क्यासब्याक हरेक टिकट र हरेक पटकको टप-अप तथा बिल भुक्तानीमा लागु हुनेछ, अर्थात् प्रयोगकर्ताहरूले नमस्ते पे मार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन्। आजदेखि आगामी कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily