+
Search

ताजा अपडेट +

पपुलर +

झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, अहिलेसम्म २९ शव निकालियो

4KNationalDaily
२०८१ आश्विन १३, आईतवार १२:०९ बजे

धादिङ– धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको एउटा बस गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस भएको पुष्टि भएको छ।

गोरखाको धार्चे गाउँपालिका-७ लापुबेशीबाट काठमाडाैं प्रस्थान गरेको बा ४ ख २२७० नम्बरको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन भएको थियो। सो बसर पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको पाइएको हो।

गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले त्यही बस भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानएको छ।

उनका अनुसार शनिबार दुईवटा बसबाट १४ जनाको शव निकालेर पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ। पहिरोले पुरिँदा शव चिन्नै नसकिने अवस्थामा रहेको उनले बताए। झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily