काठमाडौं– सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरूको राहतको उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।
सहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबिच सम्माननीय कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यूलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शिग्र स्वस्थ लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावितलाई तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरूप १ करोड प्रदान गरेको थियो ।
कर्णाली प्रदेशको जाजरकोटमा ०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको सहयोग प्रधान गरेको थियो ।
बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १६ लाख ६४ हजार ग्राह कवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया