काठमाडौं- काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका-८ काफलडाँडामा बा १४ च ३८५५ नम्बरको गाडी सडकबाट यात्रु ५८ वर्षका उपेन्द्र खनालको मृत्यु भएको हो।
यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।
आज दुर्घटना भएको गाडी पनि टोखा-छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर-१ का ४६ वर्षीय विश्वनाथ अधिकारी, यात्रुहरू नागार्जुन-३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर-९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएका हुन्।
तीमध्ये रामशरणको अवस्था गम्भीर रहेको डीएसपी कोइरालाले बताए। अन्य ४ घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गाडीमा सवार सबै आफन्त रहेको बुझिएको छ। घाइतेहरूको ग्रान्डी हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ। उक्त गाडी सुपर दोर्दी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया