+
Search

ताजा अपडेट +

पपुलर +

पाँचखालका मेयरको घोषणा : सेवा सुविधा वापतको १५ लाख बाढीपहिरो पीडितलाई

4KNationalDaily
२०८१ आश्विन २१, सोमबार ०९:४९ बजे

काभ्रे– पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधा वापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन ।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हो,’ उनले भने ।

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily