+
Search

ताजा अपडेट +

पपुलर +

दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आईएमई बैंकसहित आईएमई ग्रुपको ५ करोड सहयोग

4KNationalDaily
२०८१ आश्विन २१, सोमबार ०९:५४ बजे

काठमाडौं- ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँ रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईतवार सिंहदरबारमा ग्लोवल आइएमइ बैँक, आइएमइ ग्रुप र आवद्ध कम्पनीका तर्फबाट ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन्।

उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।

चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष ढकालले आउने दिनमा अझ सहयोगलाई बढाउँदै जाने बताए।

उनले आईएमई ग्रुप विपद्मा सरकारको साथमा रहेको बताए।

सो अवसरमा प्रधानमन्त्री ओलीले विपद्‌मा सबै मिलेर पीडितको सहयोग गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily