+
Search

ताजा अपडेट +

पपुलर +

गैंडाकोटमा कुमारी बैंकद्वारा उद्यमी प्रशिक्षण

4KNationalDaily
२०८१ आश्विन २१, सोमबार १०:०३ बजे

काठमाडौं– कुमारी बैंकले गैंडाकोटमा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

यूएसएआईडीसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवम् प्रवर्द्धन गर्न उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा वयवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास कुमारी बैंकले लिएको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रर्वद्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily