लमजुङ– पाठेघरको क्यान्सरबाट पीडित लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ ।
दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरी न्यौपानेका अनुसार गुरुङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो ।
सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राति अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट उम्मेद्वार बनेर उनी निर्वाचित भएकी थिइन् ।
लामो समयदेखि कांग्रेसमा सक्रिय उनी हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य थिइन् ।
प्रतिक्रिया