+
Search

ताजा अपडेट +

पपुलर +

बाढी पहिरो पीडितलाई एभरेष्ट बैंककको ५० लाख रुपैयाँ सहयोग

4KNationalDaily
२०८१ आश्विन २८, सोमबार १६:२३ बजे

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उक्त कोषमा सहयोग गरिएको बैंकले जनाएको छ ।

मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको  बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily