काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच सम्झौता भएको छ । दुवै पक्षबीच भएको यो सम्झौता सँगै यूएईबाट नेपालमा रेमिट्यान्स पठाउन सहज हुने भएको छ ।
सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीले माइजोईको रेमिटेन्स एपबाट सहजै नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
माइजोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेकोले सम्झौताबाट आफूहरू उत्साहित बनेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।
माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारले आफ्नो आफन्तजनलाई द्रुत, सुविधाजनक र सुरक्षित ढंगले पैसा पठाउन सकिने बताए ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढि सेवा केन्द्र रहेका छन्।
प्रतिक्रिया