+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्यमा नयाँ रेकर्ड: प्रतितोला २ हजारले बढ्यो

4KNationalDaily
२०८१ कार्तिक २, शुक्रबार १२:४४ बजे

काठमाडौं– सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासंघका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजारले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily