+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

4KNationalDaily
२०८१ कार्तिक ४, आईतवार १९:२५ बजे

काठमाडौं– सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही दिन अघि ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै गत आर्थिक वर्ष २०८०–०८१ र चालू आर्थिक वर्ष २०८१–८२ मा नीकरण तथा दर्ता हुन आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण तोकिएको ढाचाँमा उपलब्ध गराउन परिपत्र गरेको हो ।

विभागले २०८१ असार मसान्तसम्मको लाभग्राही संख्या, २०८१ भदौ मसान्तसम्मको लाभग्राही सख्या, २०८१ भदौ मसान्तसम्म नवीकरण नगरेका लाभग्राहीको संख्या, नवीकरण हुन नसक्नुका कारण, २०८१ साउन र भदौ मसान्तसम्म नयाँ दर्ता नभएका लाभग्राीको संख्या तोकिएको ढाचाँमा उपलब्ध गराउन परिपत्र गरिएको हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily