+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई वर्तमान सरकार : अर्थमन्त्री पौडेल

4KNationalDaily
२०८१ कार्तिक ११, आईतवार १५:४८ बजे

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा पेशा व्यावसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताए ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

गैरआवासीय नेपाली नागरिकलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको जानकारी दिए ।

‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानुनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदै छ,’ अर्थमन्त्री पौडेलले भने, ‘व्यक्तिगत रूपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily