+
Search

ताजा अपडेट +

पपुलर +

सुरु हुँदै तिहारको रमझम, भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

4KNationalDaily
२०८१ कार्तिक १२, सोमबार १९:३८ बजे

काठमाडौं– भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ । समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ ।

१४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार परेको पाञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।

पाञ्चाङ्ग निर्णायक समितिको सूचना

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily