+
Search

ताजा अपडेट +

पपुलर +

एकसाथ तीन वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

4KNationalDaily
२०८१ कार्तिक १९, सोमबार ०८:१८ बजे

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

अहिले पहाडी भू-भागमा बदली रही बाँकी भू-भागको मौसम सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

आज (सोमबार) पहाडी भू-भागमा बदली हुनेछ । बागमती र गण्डकीलगायत पहाडी भू-भाग तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही, बाँकी पहाडी भू-भागका थोरै तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily