+
Search

ताजा अपडेट +

पपुलर +

एकैदिन २ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि भारी गिरावट

4KNationalDaily
२०८१ कार्तिक २०, मंगलवार ११:२७ बजे

काठमाडाैं– तिहार पछिको पहिलो कारोबारमा सुनको भाउ ह्वात्तै घटेको छ ।

गत कार्तिक १५ बिहीबार नयाँ कीर्तिमान राखेको सुनको भाउ आज मंगलबार सुनको भाउ तोलामा २८ सयले घटेको हो ।

कार्तिक १५ गते १ लाख ७१ हजारमा कारोबार भएको सुन आज १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा पनि भारी गिरावट आएको छ । कार्तिक १५ गते २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily