+
Search

ताजा अपडेट +

पपुलर +

सुनको कारोबार मूल्य तोलाको १ लाख ६८ हजार ५ सय, चाँदी १५ रुपैयाँ घट्यो

4KNationalDaily
२०८१ कार्तिक २१, बुधबार ११:२१ बजे

काठमाडौं– सुन तोलामा ३ सय रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँ घटेर बुधबारको कारोबार मूल्य निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ भएको छ।

मंगलबार तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँ थियो। गत साता सुनको मूल्यले बढोत्तरीको कीर्तिमान कायम गर्दै तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँसम्म पुगेको थियो।

बुधबार चाँदी तोलाको २ हजार १५ रुपैयाँ भएको छ। मंगलबार २ हजार ३० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २७४१.६८ डलरले कारोबार भइरहेको छ। एक महिनाको अन्तरालमा सुनको कारोबार मूल्यमा ११५.४५ डलरको बढोत्तरी छ। चाँदी ३२.३२ डलर छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily