+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंबाट गोरखा जाँदै गरेको बस आदमघाटमा ठोक्कियाे

4KNationalDaily
२०८१ कार्तिक २१, बुधबार १३:०५ बजे

काठमाडौ– धादिङको गजुरी गाउँपालिका–६ आदमघाटमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्

मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने धादिङको आदमघाटमा बुधबार बिहान २ वटा बस आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वीलोकमार्गमा काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नं.को बस र चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा ५ ख ३४९५ नं.को बस एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

सामान्य घाइतेलाई आदमघाट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गम्भीर तथा मध्यम घाइतेलाई काठमाडौं ट्रमा सेन्टरमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily