+
Search

ताजा अपडेट +

पपुलर +

दीपक मनाङे दोषी ठहर भएपछि मनाङ २ मा उपनिर्वाचन हुने

4KNationalDaily
२०८१ कार्तिक २१, बुधबार १८:२३ बजे

काठमाडौं– गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) दोषी ठहर भएपछि मनाङ-२ मा उपनिर्वाचन हुने भएको छ । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोप लागेका मनाङे सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका हुन् ।

सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गण्डकी प्रदेश सभाका सांसद मनाङे पदमुक्त हुने अवस्थामा पुगेका छन् ।

सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई मंगलबार सदर गरेको हो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रहरीले सांसद मनाङेलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि कारागारमा पठाउने बाटो खुलेको छ ।

पाँच वर्ष कैद सजाय तोकिएका मनाङे दुई वर्ष ८ महिना कैद बसिसकेका छन् । उनले थप दुई वर्ष ४ महिना कैद सजाय भोग्न बाँकी छ ।

झुटो विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने माग सहितको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।

याे पनि,

फोन ‘स्वीच अफ’ गरेर फरार भए सांसद दीपक मनाङे, पक्राउ गर्न प्रहरी परिचालन

गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily