+
Search

ताजा अपडेट +

पपुलर +

आज एकैदिन ४ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

4KNationalDaily
२०८१ कार्तिक २२, बिहीबार ११:४५ बजे

काठमाडाैं- बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेको हो ।

हिजो १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा पनि उच्च गिरावट आएको छ ।

हिजो २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाान ५५ रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily