काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
तोलामा ५०० रुपैयाँले घटेर आज प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
तोलामा २० रुपैयाँ घटेर आज एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार भने चाँदी प्रतितोला चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार थियो ।
प्रतिक्रिया